सहकारी ऐन नियम तथा जारी मापदण्ड २०६८ एबम संस्थाको स्वीकृत विनियम २०६९ ले निर्दिस्ट गरेको नीति, नियमहरु परिपालन गर्नु यस संस्थाको व्यबस्थापन समितिले पहिलो जिम्मेवारी ठानेको छ| संस्थाले निर्धारण गरेको लछ्य प्राप्तिको लागि सदा सर्बदा अर्जुनदृस्टी लगाई अथक प्रयास एबम अभ्यासलाई पनि व्यबस्थापन समितिले उतिकै महत्वका साथ हेरेको छ | जस्तो सुकै कठिन परिस्थितिलाई सरल र सहज रुपले डोरयाउन सक्ने दक्ष्य एबम अनुभवी पदाधिकारी एबम कर्मचारीहरु यस संस्थामा रहेका छन् |
ब्याजदरको निर्धारण सामान्यतया तरलताको अवस्थाले निर्धारण गर्दछ | तरलताको अवस्था सामान्य रहदा बजारमा चलेको प्रतिस्प्रधात्मक ब्याजदर ग्राहकवर्गलाई प्रदान गर्न र सरल ब्याजदरमा सक्दो ऋण प्रवाह गर्न यस संस्था प्रयासरत रहनेछ | यहि योजना अनुरुप निम्न बमोजिमको बचत तथा ऋण योजनाहरु लागु गरिएको छ |