सहकारी ऐन नियम तथा जारी मापदण्ड २०६८ एबम संस्थाको स्वीकृत विनियम २०६९ ले निर्दिस्ट गरेको नीति, नियमहरु परिपालन गर्नु यस संस्थाको व्यबस्थापन समितिले पहिलो जिम्मेवारी ठानेको छ| संस्थाले निर्धारण गरेको लछ्य प्राप्तिको लागि सदा सर्बदा अर्जुनदृस्टी लगाई अथक प्रयास एबम अभ्यासलाई पनि व्यबस्थापन समितिले उतिकै महत्वका साथ हेरेको छ | जस्तो सुकै कठिन परिस्थितिलाई सरल र सहज रुपले डोरयाउन सक्ने दक्ष्य एबम अनुभवी पदाधिकारी एबम कर्मचारीहरु यस संस्थामा रहेका छन् |
कैलाश बचत तथा ऋण सहकारी संस्था लि ।
मध्यपुर ठिमि, भक्तपुर्,
सम्पर्क फोन: ०१-६६३५३६५, ६६३२५५३
Email: info@kailashsaving.com
Url: www.kailashsaving.com
——————————————————————————————————————–
SEND MESSAGE :
——————————————————————————————————————–
LOCATION MAP :
ब्याजदरको निर्धारण सामान्यतया तरलताको अवस्थाले निर्धारण गर्दछ | तरलताको अवस्था सामान्य रहदा बजारमा चलेको प्रतिस्प्रधात्मक ब्याजदर ग्राहकवर्गलाई प्रदान गर्न र सरल ब्याजदरमा सक्दो ऋण प्रवाह गर्न यस संस्था प्रयासरत रहनेछ | यहि योजना अनुरुप निम्न बमोजिमको बचत तथा ऋण योजनाहरु लागु गरिएको छ |
सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय भक्तपुरबाट दर्ता भै स्थापना भएको कैलाश बचत तथा ऋण सहकारी संस्था लि. बितीय कारोवार गर्न स्वीकृत प्राप्त संस्था हो| सुर्यविनायक चोक, भक्तपुर मा यसको प्रधान कार्यालय रहेको छ| समाजमा निस्क्रिय भएर रहेका स-साना पुँजीलाई एकत्रित गर्ने, शेयर सदस्यहरुलाई विभिन्न व्यावसायिक तथा सिपविकास सम्बन्धि तालिम प्रदान गरि वहाहरुलाई सरल एबम सहज ढंगले कर्जा प्रवाह गरि स्वरोजगार तथा व्यावसायिक व्यक्तित्वको रुपमा स्थापित गर्दै लैजाने यस संस्थाको मुख्य उदेश्य रहेको छ| लामो समयदेखि वित्त एबम विभिन्न पेसामा आवद्द रही अनुभब हासिल गर्नुभएका व्यक्तित्वहरु यस संस्थाको अग्रपंगतीमा रहनुले लक्ष्य प्राप्तिमा निस्चय नै सहजता हुनेछ |